Haasaun – Hasaun

हाँसौ—हसाऔँ

नाम “महङ्गाई” राख्नुहोस्
एकजना महिलाले डाक्टरको अगाडि समस्या राखी— डाक्टर साहब, मेरी छोरी साह्रै होँची छे । बढ्दै बढ्दैन । उसको लागि कुनै औषधी दिनुहोस् न… ।
डाक्टरले औषधी लेखिदिनुको साटो समाधानको बाटो सम्झायो — तपाईं आफ्नी छोरीको नाम “महङ्गाई” राख्नुहोस्, अनि उनी यसरी बढ्ने छिन् कि राकेर रोक्नै सकिने छैन ।

गवाही पूरा भएन

अदालतमा मुद्दा चलिरहेको थियो ।
न्यायधिसले गवाहसँग सोध्यो —“ के तिमीले गोली बन्दुकबाट निस्केको देखेका थियौ ?”
गवाह— “होइन हजुर ! तर मैले त्यसको आवाज सुनेको थिएँ ।”
न्यायधिस —“ठीक छ, बस । तिम्रो गवाही पूरा भएन । ”
गवाह पछाडि फर्केर मरीमरी हाँस्न थाल्यो ।
न्यायधिसलाई यो कुरा नराम्रो लाग्यो । उसले क्रोधित भावमा भन्यो—“ अदालतको मान हानी गरेको दोषमा तिमीलाई सँजाय दिइने छ । ”
गवाह—“होइन, मैले के गल्ती गरेँ हजुर ?”
न्यायधिस —“तिमी मलाई गिज्याएर हाँसेका थियौ ।”
गवाह—“होइन भने ! ”
न्यायधिस —“ किनकि मैले तिमी हाँसेको आवाज सुनेको थिएँ ।”
गवाह मुस्कुराउँदै बोल्यो —“हजुरको गवाही पूरा भएन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*