Archive for लेख

Baba Dalnath yogi

लोकको रखवारी गर्ने नाथबाबा दलनाथ योगी
–अविरल आस्था
हाम्रो देश नेपाल प्राकृतिकरुपमा त सुन्दर छँदैछ, साँस्कृतिकरुपमा पनि साँच्चै मनोहर र खोजमूलक छ । विभिन्न जातजातिका रीतिरिवाज, धर्म–संस्कृतिको साझा फूलबारी हो नेपाल । यही साझा फूलबारीमा ओइलाउँदै गरेको एउटा ”फिरी लाउने” चलन र छायामा पर्नुभएका योगी दलनाथ कुवँर बारे केही लेख्दैछु ।
तनहुँ, थप्रेक गा.वि.स. वार्ड नं.२ नयाँ गाउँ बस्ने वर्ष ७१का योगी दलनाथ कुवँरले फिरी लाउने पुख्र्यौली परम्परा यहाँ जेनतन धान्दै आउनुभएको छ । हरेक वर्ष कार्तिक र चैत्र महिनामा अथवा उधौली–उभौलीमा मात्र फिरी लाउने चलन भएको कुरा उहाँ बताउनुहुन्छ । यस क्षेत्रको थप्रेक, गगनगौंडा, दुलेगांैडा र ढोरफिर्दीको अधिकाँश ठाउँमा फिरी लाउँदै जय गुरु श्री गोरखनाथको नाम जप्दै–पुकार्दै हिँड्नुहुन्छ र स्व–ऐच्छिक भिक्षाटनमा सन्तुष्ट हुनुहुन्छ । आफ्नो ढल्दै गरेको उमेरका कारण काममा सुस्तता आउँदा उहाँ चिन्तित हुनहुन्छ । रोजगारीको निम्ति विदेशिएका छोरा–छोरी र आफूपछि यो काम कसले अगाडि बढाउला भन्ने सम्झना गर्दागर्दै उहाँ भावुक बन्नुहुन्छ । पहेँलो वस्त्र धारण गरी शिरमा पहेँलै फेता गुटेर कानमा कुण्डल लगाइ साथमा झोला, लट्ठी र नाथ ( बराँठको सिङ ) लिएर लोकको रखवारीमा हिँड्ने निर्भिक रखवाला हुनुहुन्छ नाथबाबा दलनाथ योगी |
लोकको जन–धन सुरक्षित रहोस्, मानिसलाई कुनै दुष्चक्रले छुन नसकोस् भनी पवित्र भावनाले मध्यरातदेखि बराँठनाथ गर्दै जनमानसको घर दैला अगाडि सुरुमा जागा रहो, जागा रहो माई….. आनन्द रहो, आनद रहो, दातामाता माई आनन्द रहो… नमो धर्तीमाता…….. आकाशै बाधूँ , पातालै बाधूँ , जलै बाधूँ, थलै बाधूँ, पूर्व चले पूर्व बाधूँ , पश्चिम चले पश्चिम बाधूँ ……..भैरम जागो… आदि भन्दै अन्तमा दातामाता माईको रक्षे–रक्षे पालन…….. आदि भन्दै गुरु गोरखनाथको स्त्रोत्र पुकार्दै हिँड्नुहुन्छ बाबा दलनाथ योगी । नाथ बजाउँदा भूतप्रेत, पिशाच, छेदभेद नजिक नआउने, खबरदारी हुने र नाथबाबालाई दान गर्दा ग्रहसमेत काटिने विश्वास व्यक्त गर्नुहुन्छ उहाँ । यसरी गाउँ–वस्तीमा फिरी लाउदै सद्भाव छर्ने, सकारात्मक सन्देश प्रवाह गर्दै लोकको मनोबल उठाउन १६ वर्षे युवास्थादेखि बाना लिएर आजसम्म खटेका नाथबाबाको अध्ययन हुनुपर्छ । यस कामको समाजबाट सम्मान हुने वातावरण कायम राख्नुपर्छ । नेपाल र नेपालीको आफ्नै परिचय खुल्ने, गौरव बढ्ने हाम्रा यस्ता थुप्रै धर्म–संस्कृतिको मिलेर संरक्षण र सम्वद्र्धन गरौँ । अब बन्ने हाम्रो राम्रो संविधानमा पनि ढिलाइ नगरी नेपाली मौलिक संस्कृतिले मौलाउने अवस्था बनोस् । जय नाथबाबा !

बाबा दलनाथ योगी

balgeet

बाल–गीत
रचना ः अविरल आस्था
सङ्गीत ः छिरिङ पाल्डोन
ए साना बाबु–नानी हो !
पढ्नु छ धेरै तिमीले
नेपाल नौलो बनाउन
ए साना……………..

ए साना बाबु–नानी हो !
लेख्नु छ धेरै तिमीले
यो देश सारा चिनाउन
ए साना …………….

ए साना बाबु–नानी हो !
हिँड्नु छ धेरै तिमीले
दुःखका पहाड नाघेर
ए साना …………….

ए साना बाबु–नानी हो !
बुझ्नु छ धेरै तिमीले
जीवन के हो ? भनेर
ए साना …………….. !

(यस बालगीतका रचनाकार शुक्ला साहित्य सङ्गम, तनहूँमा आवद्ध हुनुुहुन्छ । )

gajal

रचना ः अविरल आस्था
गजल

नेपालको शान ढल्ने भयो
नेपालीको मान गल्ने भयो ।

विखण्डनरुपी पर्व अभ्यासमा
अनेक अभियान चल्ने भयो ।

नेलेखिदै अक्षर कागजमा
हाम्रो संविधान जल्ने भयो ।

बेमौसमी विषाक्त फलहरु
अनायस जताततै फल्ने भयो ।

एकता भित्रभित्रै  अनेकताले
राष्ट्रिय उत्थान छल्ने भयो ।

Enjoy Nepal-Know your own country first

Whenever and wherever we are asked to preface our motherland’s identity, almost every Nepali head held high, chest thrust out and filled with patriotic arrogance….will say “the land of majestic mountains”, “the roof of the world”, “the land where the Buddha was born and the heaven where the great Lord Shiva found refuge from pain” and “the land of the audaciously brave warriors, the Bir Gorkhalis”.

Introducing the great land Nepal to foreigners seems quite easy, but how many of us have and intimate knowledge of our motherland?

Anyone for trekking?

“Trekking and exploring our own nation seems to scare us!” says Bhim Bahadur Basnet (Sardar), a senior trekking guide.

“The irony is that thousands of tourists pay thousands of dollars to walk through Nepal’s stunning landscapes and it costs us nothing, but I’ve seen hardly any Nepali tourist visiting these places in the 20 years of my career, and it’s a terrible shame,” added a frustrated Sardar.

A five-hour drive and a tow-day walk from Kathmandu will bring you to the picturesque and spiritual Gosainkunda and Langtang Valley. In a day, you will be able to walk the paths that Siddhartha Gautam once trod on in his search for nirvana. Not many of us know, but the place where the Gurkhas first displayed their courage to the world…..Nalapani…now lies in neighboring India. » Read more..

एकरात १८३०

कुमारगढीबाट पैदल चेपालगाउँ पुग्दा पौनेसात बजिसकेछ । हेर्छु –टमाटरको पेटी तयार पारिरहेका टमाटरवाला गोर्खालीहरु हेर्दाहेर्दै कमिला प्वालमा छिरेझैं छाप्राभित्र छिर्न थाले । र, केहीछिनमै स्टोभ बज्न थाल्छ ।
भारतका टमाटर खेती हुने नाउँ चलेका ठाउँमध्ये एक हो –कुमारगढी । यो क्षेत्रमा रोल्पारुकुमतिरका टमाटरवाला बाक्लै छन् ।
तर कसको डेरा कहाँनेर ? पत्ता लाउन एकमदम मुश्किल । गोर्खालीका छाप्रा सर्नु बिरालोले पाठा सार्नुजस्तै हो ।
माया नमारी सोधिरहेछु, ‘घरको नौ(नाउँ) आइते, कालापारे नौ दि(कुन्नि) के राख्या’छन् ? फुपूफ्वाजु हुन्, घर रुकुमको चुनवाङ र माइत रोल्पाको राङ्कोट ।’
‘अच्चली(असाध्यै) अर्जेन्टी परेर, कारगीलबाट आएँ । ‘शिमलामा छन्’ भन्ने चिठी आएकाले शिमला गएँ । ‘सोलनमा प छन्’ भन्ने थाहा पाएपछि …। बिखर्ची भै’गेँ ।’
कालापार जानेबित्तिकै आफ्नो ‘मनको नाउँ’ राख्ने यी कालापारे पानीपधेंरा हुन्, भारतका कुनाकाप्चा । आङमा टालो हाल्न, चुलोमा आगो बाल्न, रुँदा पनि हाँस्दा पनि ‘घर–कालापार र कालापार–घर’ भन्नु र ‘हाट झर्नु’ साँझविहान उकालीओराली गरेजस्तै हो, रुकुमेरोल्पालीका । » Read more..

ऊ कस्तो मान्छे ?

12262ठाउँ–ठाउँमा पिच भत्किएको नागबेली सडक बेबारिसे अवस्थामा फालिएको मैलो र झुत्रो पटुकाजस्तै देखिन्छ । सडक छेउबाट सेती नदीको सुसेली प्रष्ट सुुनिन्छ । शीतल हावाको झोँक्कासँगै मौसमी तातोपनको हपहपी केही कम भएको महशुस हुन्छ ।
साँझको बेला थियो क्यार, एउटा खैरो रङको माइक्रोबस अनियन्त्रित गतिमा पूर्वतिर हुइंकियो । सुनसान सडक छेउको आकाश धुलाम्य भयो । धूलोको बाक्लो पर्दाभित्र सन्नाटा चिर्दै मानव पीडाको अनौठो चित्कार सुनियो । पक्कै त्यो सडक किनारमा केही गडबड भएको हुनुपर्छ । ऊ साँझ–बिहान हिँड्ने सडक छेउमै यो घटना भएको थियो ।

समयले उसलाई नबुझेको हो कि उसले समयलाई नबुझेको हो ,अहिल्यै निर्णय दिन सक्नेस्थिति देखिदैन । उसलाई सामान्यरुपमा चिन्नेहरु यही कुरा बारम्बार दोहो¥याउँछन् । तर समयले कसैलाई चिन्ने कुरा त हुँदै भएन । आफूले पो समयलाई चिन्ने हो । यो कुरा उसले नबुझेको पनि होइन, किनकी समयको अग्रगामी गतिमा मानिसले आफूलाई गतिलैसँग ढाल्नुपर्छ भन्ने पाठ उसले धेरैलाई पढाइ सकेको छ । नत्र जीवन र जगतको परिवर्तन असम्भव भन्ने सत्य पनि उसले धेरैलाई बुझाइ सकेको हो । तर आफू स्वयम् समयको चक्रव्यूहमा फँसेको कुरा भने उसले पत्तो पाउन सकेन । यो नै उसको ठूलो कमजोरी थियो कि….। » Read more..