TimesNepal » Uncategorized

Baba Dalnath yogi
लोकको रखवारी गर्ने नाथबाबा दलनाथ योगी

–अविरल आस्था

हाम्रो देश नेपाल प्राकृतिकरुपमा त सुन्दर  छँदैछ, साँस्कृतिकरुपमा पनि साँच्चै मनोहर र खोजमूलक छ । विभिन्न जातजातिका रीतिरिवाज, धर्म–संस्कृतिको साझा फूलबारी हो नेपाल । यही साझा फूलबारीमा ओइलाउँदै गरेको एउटा ”फिरी लाउने” चलन र छायामा पर्नुभएका  योगी दलनाथ कुवँर बारे केही लेख्दैछु ।

तनहुँ, थप्रेक गा.वि.स. वार्ड नं.२ नयाँ गाउँ बस्ने वर्ष ७१का योगी दलनाथ कुवँरले फिरी लाउने पुख्र्यौली परम्परा यहाँ जेनतन धान्दै आउनुभएको छ । हरेक वर्ष कार्तिक र चैत्र महिनामा अथवा उधौली–उभौलीमा मात्र फिरी लाउने चलन भएको कुरा उहाँ बताउनुहुन्छ । यस क्षेत्रको थप्रेक, गगनगौंडा, दुलेगांैडा र ढोरफिर्दीको अधिकाँश ठाउँमा फिरी लाउँदै जय गुरु श्री गोरखनाथको नाम जप्दै–पुकार्दै हिँड्नुहुन्छ र स्व–ऐच्छिक भिक्षाटनमा सन्तुष्ट हुनुहुन्छ । आफ्नो ढल्दै गरेको उमेरका कारण काममा सुस्तता आउँदा उहाँ चिन्तित हुनहुन्छ ।   रोजगारीको निम्ति विदेशिएका छोरा–छोरी र आफूपछि यो काम कसले अगाडि बढाउला भन्ने सम्झना गर्दागर्दै उहाँ भावुक बन्नुहुन्छ । पहेँलो वस्त्र धारण गरी शिरमा पहेँलै फेता गुटेर कानमा कुण्डल लगाइ साथमा झोला, लट्ठी र नाथ ( बराँठको सिङ ) लिएर लोकको रखवारीमा                                                                                                                                                                                                                                                       हिँड्ने निर्भिक रखवाला हुनुहुन्छ नाथबाबा दलनाथ योगी |

लोकको जन–धन सुरक्षित रहोस्, मानिसलाई कुनै दुष्चक्रले छुन नसकोस् भनी पवित्र भावनाले मध्यरातदेखि बराँठनाथ गर्दै जनमानसको घर दैला अगाडि सुरुमा जागा रहो, जागा रहो माई….. आनन्द रहो, आनद रहो, दातामाता माई आनन्द रहो… नमो धर्तीमाता…….. आकाशै बाधूँ , पातालै बाधूँ , जलै बाधूँ, थलै बाधूँ, पूर्व चले पूर्व बाधूँ , पश्चिम चले पश्चिम बाधूँ ……..भैरम जागो… आदि भन्दै अन्तमा दातामाता माईको रक्षे–रक्षे पालन…….. आदि भन्दै गुरु गोरखनाथको स्त्रोत्र पुकार्दै हिँड्नुहुन्छ बाबा दलनाथ योगी ।  नाथ बजाउँदा भूतप्रेत, पिशाच, छेदभेद नजिक नआउने, खबरदारी हुने र नाथबाबालाई दान गर्दा ग्रहसमेत काटिने विश्वास व्यक्त गर्नुहुन्छ उहाँ । यसरी गाउँ–वस्तीमा फिरी लाउदै सद्भाव छर्ने, सकारात्मक सन्देश प्रवाह गर्दै लोकको मनोबल उठाउन १६ वर्षे युवास्थादेखि बाना लिएर आजसम्म खटेका नाथबाबाको अध्ययन हुनुपर्छ ।  यस कामको समाजबाट सम्मान हुने वातावरण कायम राख्नुपर्छ । नेपाल र नेपालीको आफ्नै परिचय खुल्ने, गौरव बढ्ने हाम्रा यस्ता थुप्रै धर्म–संस्कृतिको मिलेर संरक्षण र सम्वद्र्धन गरौँ । अब बन्ने हाम्रो राम्रो संविधानमा पनि ढिलाइ नगरी नेपाली मौलिक संस्कृतिले मौलाउने अवस्था बनोस् । जय नाथबाबा !

बाबा दलनाथ योगी

gajal
रचना ः अविरल आस्था

गजल

नेपालको शान ढल्ने भयो

नेपालीको मान गल्ने भयो ।

विखण्डनरुपी पर्व अभ्यासमा

अनेक अभियान चल्ने भयो ।

नेलेखिदै अक्षर कागजमा

हाम्रो संविधान जल्ने भयो ।

बेमौसमी विषाक्त फलहरु

अनायस जताततै फल्ने भयो ।

एकता भित्रभित्रै  अनेकताले

राष्ट्रिय उत्थान छल्ने भयो ।