PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय



पहिलोपोस्ट

प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले दिइन् ७ दिनको समय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि ७ दिनको समय दिएकी छिन्। मंसिर १० गतेसम्म संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीका लागि दाबी गर्न भण्डारीले आइतवार आह्वान गरेकी हुन्।

निर्वाचन आयोगले कात्तिक २९ गते राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो। संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै पनि दललाई सरकार गठनका लागि आवश्यक बहुमत नपुगेपछि भण्डारीले धारा ७६ को उपधारा २ अनुसार आह्वान गरेकी हुन्।

संसदको अधिवेशन आह्वान नहुँदै भण्डारीले सरकार गठनको बाटो खोलेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell