PahiloPost

Jan 30, 2025 | १७ माघ २०८१

सडक स्तरोन्नतिका लागि नुवाकोटका प्रदेश सांसदको चासो, सडक विभागमा डेलिगेसन



पहिलोपोस्ट

सडक स्तरोन्नतिका लागि नुवाकोटका प्रदेश सांसदको चासो, सडक विभागमा डेलिगेसन

काठमाडौं : कांग्रेसबाट निर्वाचित नुवाकोटका प्रदेश सभा सदस्यहरुले सडक सुधारका लागि सडक विभागको ध्यानाकर्षण गराएको छ। आइतवार दिउँसो ललितपुरको चाकुपाटमा रहेको विभागको मुख्यालयमा पुगेर नवनिर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह लामा र रमेश महतले ध्यानाकर्षण गराएका हुन्।

पासाङ ल्हामु राजमार्ग अन्तर्गत बालाजु - रानीपौवा - त्रिशुलीको सडक बिग्रेर धुलाम्ये र हिलाम्ये बनेपछि प्रदेश सभा सदस्यद्वय विभाग पुगेका हुन्। विसं २०७० मा भारतको एक्जिम बैंकको एक अर्ब ३० करोड ऋणमा बनेको उक्त सडक अहिले बिग्रेर आउजाउमा समस्या देखिन थालेको छ।

सडक स्तरोन्नति नहुँदा यहाँको पर्यटन व्यवसाय नै धरासयी भएको र बिरामीका लागिसमेत समस्या परेको महतले बताए। 'ककनी, बेलकोटगढीदेखि धेरै बस्ती छोएर जाने बाटो मर्मत नहुँदा यस क्षेत्रमा उत्पादन हुने स्ट्राबेरी, मुला ढुवानीमा समस्या परेको छ भने पर्यटन व्यवसाय धरासयी भएको छ,' कांग्रेस नुवाकोटका सभापतिसमेत रहेका महतले भने, 'एम्बुलेन्समा बिरामी ल्याउँदा थचारिन्छ र बिरामीको मृत्यु हुने अवस्था सिर्जना हुन्छ।'

यसअघि उक्त सडक मर्मतका लागि शैलुङ कन्स्ट्रक्सन र कोशियारी न्यौपानेले ठेक्का पाएका थिए। समयमै काम नगर्ने दुबैको ठेक्का रद्द भएपछि अहिले सडक मर्मत अलपत्र छ। नुवाकोटको लाइफलाइन मानिने यो सडक अब सडक डिभिजनबाटै मर्मत गर्नेगरी अघि बढेको सडक डिभिजन नुवाकोटका डिभिजन प्रमुख अमृतमणि रिमालले बताए।

'हामीलाई दियो भने हामी काम गर्न सक्छौ। यसका लागि धेरै पैसा पर्दैन। यो पुरानो बाटो हो। अहिले बिग्रेर लथालिंग भएको छ। कुरा मिले यहीबाट ठेक्का हुन्छ। १२/१३ करोड विनियोजन भए एक दुई वर्षमा काम सकिन्छ,' रिमालले भने।

यसैगरी छहरे गुर्जे भञ्ज्याङको १८ किलोमिटर सडक पनि समयमै बन्नुपर्ने माग कांग्रेस नेताहरुले राखे। विभागका महानिर्देशक अर्जनुजंग थापाले सडक मर्मतका लागि यही वर्षमा रकम छुट्याउन आफू सकारात्मक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell